अघिल्लो वर्षहरुमा असार अन्तिम सातादेखि नै असनको चुरापोते पसलमा भिड हुने गर्दथ्यो । साउन महिनामा हिन्दु नेपाली महिलाहरुले श्रीमानको आयु लामो होस् भन्दै हरेक सोमबार व्रत बसेर हरिया पहेला चुरा...
काठमाडौंको इन्द्रचोक चोखाछें गल्लीमा बडादशैंको टीकाको तेस्रो दिन (आश्विन शुक्ल द्वादशी) देखिएको सुनसान बजार । दशैं बिदाका कारण उपत्यकाका विभिन्न स्थानका पसल, औद्योगिक प्रतिष्ठान, बजार, मलहरू एक सातादेखि सुनसान देखिएको छ । दशैं सकिएको भने छैन । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद थाप्ने यो क्रम पूर्णिमा शनिवारसम्म जारी नै रहने छ । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान
विराटनगर : विराटनगर महानगरपालिकाले स्थानीय बजार प्रवर्द्धन गर्न सीमा क्षेत्रमा कडाई गरेसँगै यतिबेला विराटनगरको सीमावर्ती रानी भन्सार क्षेत्र सुनसान बनेको छ।आज अर्थात साउन १ गतेदेखि सीमा क्षेत्रमा कडाई गरिएसँगै सो क्षेत्र सुनसान भएको हो।विराटनगरको बजार सुस्ताउँदै गएपछि भारतको जोगबनीबाट नाकाबाट अवैध रुपमा भित्रिने सामग्री निरुत्साहित गर्न महानगरले यो कदम चालेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए।‘विराटनगरको बजार सुक्दै जाने अनि छिमेकी राष्ट्र भारतको जोगबनी
दिपावली तथा छठ पर्वको बेला समेत सीमावर्ती क्षेत्रका नेपाली बजारहरु सुनसान भएका छन् । नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजारमा पुग्ने गरेपछि नेपाली व्यवसायीहरु चाडपर्वको बेलासमेत निराश हुने गरेका छन् ।स्थानीय सर्वसाधारणहरु किनमेलका लागि भारतीय बजारमा निर्भर भएपछि वर्षेनि चाडपर्वको बेलासमेत नेपाली बजार सुनसान भएका हु्न् । नेपाली ग्राहकै कारण भारतीय बजारमा भरिभराउ हुने गरेका […]
डडेल्धुरा : नेपालीको महान पर्व दशैंले डडेल्धुराका मुख्य बजारहरू प्रायः सुनसान छन्। बजार क्षेत्रका बासिन्दा दशैं मनाउन आ–आफ्नो गाउँ गएपछि जिल्लाका प्रमुख बजार सुनसान भएका हुन्।जिल्ला सदरमुकामको मुख्य बागबजारसहित तुफानडाँडा, कीर्तिपुर, स्याउले, भात्काँडा, पोखरालगायत बजार सुनसान बनेका हुन्। दशैंअघि निकै चहलपहल हुने यी बजारका धेरैजसो पसलहरू बन्द हुँदा बजार क्षेत्र सुनसान देखिएका छन्।विद्यार्थी, कर्मचारी, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्ता लगायतका कारण भीडभाड भैरहने यी बजार
बडादशैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । आइतबार जब साँझ पर्दै ग¥यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा […]
सर्लाही : कुनै समय जिल्लाकै प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले भने सुनसान देखिन थालेका छन्।जिल्लाका त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजार क्षेत्र हिजो आज ओझेलमा पर्दै गएको हुन्। पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने बजार विस्तार हुने क्रम तीव्र छ।राजमार्ग क्षेत्रबाहेक अन्यत्र उल्लेख्य रुपमा बजार विकास हुन सकेको छैन। जिल्ला सदरमुकामसमेत रहेको मलंगवा बजारमा नै पहिलेको जस्तो चहलप
इलाम । वि.स.२०४६ सालअघि इलाम जिल्लाकै सबैभन्दा पुरानो तर,नागरिकको प्रमुख व्यापारिक केन्द्रकाे रुपमा चिनिएको गोर्खे बजार अहिले सुनसान भएकाे छ । नेपाल भारत सीमा नाका मानेभञ्ज्याङ्ग भएर गोर्खे बजारमा आयात निर्यातको काम भएपनि वि.स २०४६ सालको राजनीतिक परिवर्तनसँगै गोर्खे बजार सुनसान भएको छ । पशुपतिनगर क्षेत्रमा भन्सार कार्यालय स्थापना गरेसँगै गोर्खे बजारको चहलपहल सुनसान भएको […]
झापा : पूर्वी नेपालको झापा जिल्लामा आज (बिहीबार) देखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्ला बजार क्षेत्र र सडक सुनसान देखिएको छ।भारतीय खुला सीमा क्षेत्रसँग जोडिएको जिल्लामा दोस्रो लहरको कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडा बनाएको हो। तीन दिन आंशिक निषेधाज्ञा जारी गरेको प्रशासनले आजदेखि वैशाख ३१ गते मध्यरात सम्मलाई अत्यावश्यक कामबाहेक जनतालाई घरबाहिर ननिस्किने खालको कडा निषेधाज्ञा जारी गरेको हो।प्रशासनले यातायातमा जोर बिजोर
बाँके प्रशासनले नेपालीलाई भारतीय बजार रुपैडियामा जान रोक लगाएपछि नेपालगन्ज नाका सुनसान
बाँके प्रशासनले किनमेल गर्न भारतीय सीमाबजार रुपैडिया जान रोक लगाएपछि नेपालगन्ज नाका सुनसान भएको छ । रुपैडिया आउजाउ गर्दा सर्वसाधारणमा...