सुर्खेत – कर्फ्यु जारी भएको सुर्खेतको वीरेन्द्रनगर बजार सुनसान भएको छ । एमसीसी सम्झौताको विराेधमा सुरु भएको आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजो साेमवार बेलुकादेखि कर्फ्यु लगाएको हो । प्रदर्शनकारीहरूले हिजो पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजानी गर्नुका साथै झडपको स्थिति भएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।
प्रदर्शनकारीहरूले वीरेन्द्रगरको वीरेन्द्र चोक, मंगलगढी चोक र यरी चोकका प्रहरी बिटमा तोडफोड गर्नुको साथै सडकभरि बोतल र ढुङ्गा फालेका छन् । आन्दोलन उग्र बनेपछि प्रशासनले कर्फ्यु तोड्ने व्यक्तिलाई गोलीसम...