कोभिसिल्डको विकल्पमा नेपालले कोभ्याक्सलाई सिफारिस गर्‍यो दुई खोप

नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा दुई खोपको सिफारिस गरेको छ। भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्प माग गरेको थियो। नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको विकल्प दिएको हो।

सम्बन्धित सामग्री

डब्लुएचओले गर्‍यो मलेरियाविरूद्धको दोस्रो खोप सिफारिस

आर २१/म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो र बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ।

‘बुस्टर डोज’को लागि सरकारले किन फरक खोप दिने निर्णय गर्‍यो ?

काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमणबाट हुन सक्ने जोखिम कम गर्न सरकारले ‘बुस्टर डोज’ दिइरहेको छ। हाल ६० वर्षभन्दा माथि उमेर समूहका साथै गम्भीर रोग भएका र अग्रपंक्तिमा खटेर काम गरिरहेकाहरुलाई ‘बुस्टर डोज’ दिइँदैन। केही स्थानमा भने सबै उमेर समूहलाई खोप प्रदान गरिएको छ। सरकारले यसअघि पूर्ण खोप…

कोभिड १९ : भारतले २७८ दिनमा पूरा गर्‍यो १०० करोड डोज खोप दिने लक्ष्य

भारतमा कोरोना भाइरसविरुद्ध १०० करोड डोज खोप नागरिकलाई प्रदान गरिएको छ। भारतले जनवरी १६ देखि खोप दिन सुरु गरेको थियो। २७८ दिनमा नै भारतले १०० करोड डोज खोप दिने लक्ष्य पूरा गरेको हो। भारतमा हालसम्म ३० प्रतिशत अर्थात करिब ३० करोडले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। यस्तै, ७० करोड भन्दा…

जोन्सन खोप लगाउने अवस्थाबारे सरकारले सार्वजनिक गर्‍यो मार्गदर्शन

काठमाडौं, साउन १३ । सरकारले जोन्सन एन्ड जोन्सन खोप कस्तो अवस्थामा लगाउन हुने र कस्तो अवस्थामा लगाउन नहुने भन्नेबारे सार्वजनिक जानकारी गराएको छ । कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनीले तयार पारेको जोन्सन खोपको प्रभावकारिता र असरका बारेमा सामाजिक सञ्जालसहित सञ्चारमाध्यममा विभिन्न प्रश्न गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी मार्गदर्शन नै सार्वजनिक गरेको हो । अमेरिकाले हालै […]

उदयपुरको बेलकामा कोरोना खोप लगाउन दलीय भागवण्डा

३० जेठ, काठमाडौं । चीनले अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने निर्णय गर्‍यो । खोप जिल्ला जिल्ला पठायो । तर स्थानीय तहरुको अगुवाइमा चलिरहेको अभियानका क्रममा खोपको दुरुपयोग भएको पाइएको छ । कतिसम्म भने उदयपुरको बेलका नगरपालिकाले राजनीतिक दलहरुलाई कोरोना […]

कोरोना खोप खरिद प्रकिया जहीको तही !

२४ जेठ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले तहसनहस बनाइरहेका बेला सरकारले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्‍यो । महामारीबाट जनतालाई बचाउन खोप अभियान चलाउनुपर्ने बेला चुनाव घोषणा गरेको भन्दै आलोचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसअघि नै लक्षित समूहका सबैले खोप पाउने घोषणा गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन […]

नेपालले हालसम्म ४२ लाख ४८ हजार डोज कोरोना खोप प्राप्त गर्‍यो

काठमाडौं। नेपालले हालसम्म चीन, भारत र कोभ्याक्स सुविधामार्फत् ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ। तीमध्ये १८ लाख डोज खोप चीनले र ११ लाख डोज खोप भारतले अनुदान सहयोगमा उपलब्ध गरेका हुन्। बाँकी १० लाख डोज खोप नेपालले भारतबाट खरिद गरेको हो भने ३ लाख ४८ हजार डोज खोप कोभ्याक्स सुविधाअन्तर्गत भारतबाट प्राप्त गरेको हो।

खोप प्रकरणबारे सरकारलाई विवेकशील साझाको ४ प्रश्न

काठमाडौं। भारत र अन्य मुलुकबाट कोरोना खोप खरिद प्रक्रियामा भएको अवरोध तथा अलमल सम्बन्धमा विवेकशील साझा पार्टीले आज विज्ञप्ति जारी गरी गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा विवेकशीलको प्रश्न छ- खरिद प्रक्रियामा अवरोध गर्ने व्यापारीमाथि किन कारबाही गरिएन? व्यापारीहरू सरकारबाट संरक्षित छैनन् र? अन्यत्रबाट खोप ल्याउन कसले अवरोध गर्‍यो? र बाँकी खोप ल्याउन सरकारले हालसम्म के गरेको छ?