सेनाले प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीले पायो छैठौँ प्याकेजको ठेक्का
नेपाली सेनाले प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ ठेकेदार कम्पनीलाई काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैठौँ प्याकेजको ठेक्का दिएको छ।
प्याकेज ६ का लागि ग्लोबल टेण्डर आह्वान हुँदा सुरुमा सेनाले छनौट गरेका कम्पनीमा नरहेको चाइना...
सिंगापुर । संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’ बाट बच्न चीनसँग वार्ता गर्नु ‘आवश्यक’ भएको बताएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेका तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ । चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना […]
११ मंसिर, काठमाडौं । नेपाली सेनाले सुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियम विपरित काठमाडौं–तराई–मधेश द्रुतमार्गको छैठौँ प्याकेज ठेक्का दिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बिहीबार अदालतमा दर्ता भएको रिट आज (आइतबार) अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा सुनुवाइ हुँदैछ । ठेक्का प्रक्रियामा सामेल भएको भारतीय आफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तर्फबाट […]
नेपाली सेनाले सुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियम विपरीत काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैठौँ प्याकेज ठेक्का दिएको भन्दै बदरका लागि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
ठेक्का प्रक्रियामा सामेल भएको...
एजेन्सी– आर्थिक संकटमा परेको श्रीलंकाले ऋणमा पुनरावलोकन गर्नका लागि गरेको प्रस्ताव चीनले अस्वीकार गरेको छ । चीनबाट विगतमा लिएको ऋणका कारण पनि श्रीलंका समस्यामा पर्दै आएको छ । यही ऋणमा पुनर्विचार र पुनःनिर्धारणका लागि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले गरेको आग्रहलाई चीन सरकारले अस्वीकार गरेको हो । राजापाक्षेले आफूहरू संकटमा परेकाले सहयोग गर्न भन्दै गरेको आग्रहलाई […]
नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग बधाई दिने बहानामा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) का उपमन्त्री चेन चाओले पनि सोमबार फोन गरेर एमसीसीलाई पेश नगर्न दबाब दिएका थिए ।
असार २८, फिनल्याण्ड । बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको भन्दै टेलिकम कम्पनी नोकियाले चिनियाँ कम्पनी ओप्पोविरुद्ध मुद्दा दायर गरेको छ ।
फिनल्याण्डको टेलिकम कम्पनी नोकियाले स्मार्टफोनको कनेक्टिभिटी, इन्टरफेस तथा सेक्यूरिटी फिचरलगायतका विभिन्न विषयका बौद्धिक सम्पत्ति(पेटेन्ट) को उल्लंघन भएको भन्दै मुद्दा दायर गरेको हो ।
रिपोर्टअनुसार सन् २०१८ मा बहुवर्षीय लाइसेन्सिङ सम्झौता भएको थियो, जसको अवधि अहिले सकिइसकेको छ । उक्त सम्झौता नवीकरण गर्ने आफ्नो प्रस्ताव अस्वीकार गरेको र सम्झौता समाप्त भएपश्चात् पनि आफ्नो पेटेन्टहरुको प्रयोग गरेको हुनाले ऊ विरुद्ध कानूनी कारबाहीमा जाने निर्णय गरिएको नोकियाले बताएको छ ।
उता ओप्पोले भने नोकियाको पछिल्लो कदमले पेटेन्टको स्वच्छ, निष्पक्ष तथा तर्कपूर्ण लाइसेन्सिङलाई अवमूल्यन गरेको भनेको छ ।
आफ्नो तथा तेश्रो पक्षको बौद्धिक सम्पत्ति अधिकारको सम्मान तथा संरक्षण गर्दछ र कम्पनी पेटेन्ट लाइसेन्सिंग सहकार्यलाई विस्तार गर्न प्रतिबद्ध छ भन्दै ओप्पोले तर मुद्दा मामिलालाई हतियार बनाउने जस्ता असंगत प्रयास चाहीं स्वीकार छैन भनेको छ ।
नोकियाका प्रवक्ताले पछिल्लो विवादको समाधानका लागि सृजनशील मार्ग भने बाँकी रहेको बताएका छन् । सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार नोकियासँग अहिले पनि स्मार्टफोनसँग सम्बन्धित ठूलो परिमाणमा पेटेन्ट अधिकार सुरक्षित रहेका छन् ।
विश्वप्रसिद्ध मोवाइल कम्पनी एप्पल, सामसुङ, एलजी, लेनोभो तथा ब्लाकबेरी जस्ता कम्पनीले उक्त सम्झौता गरेर प्रयोग गरिरहेका छन् । यसबाट नोकियाले राजस्व प्राप्त गरिरहेको छ । एजेन्सीहरु
टिकटकले माइक्रोसफ्टले गरेको अमेरिकी सेवा खरिदको प्रस्ताव अस्वीकार गरेको छ । माइक्रोसफ्टले लोकपि्रय भिडियो शेयरिङ्ग एप खरिदको लागि गरेको प्रस्ताव चिनियाँ कम्पनीले अस्वीकार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई आफ्नो अमेरिकाको सेवा अमेरिकी कम्पनीलाई …