चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति गरेको अनुरोधलाई इस्लामावादले अस्वीकार गरेको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै इस्लामावादले त्यसलाई अस्वीकार गरेको हो । गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने बताएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूमाथि बढ्दो आक्रमणलाई दृष्टिगत गर्दै चीनले यहाँ सुरक्षा कम्पनी खोल्न चाहेको बताइए