नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गरिने बताएका छन्। मंगलबार काठमाडौंमा भएको नेविसंघको ५३ औं स्थापना दिवस कार्यक्रममा उनले समयमै महाधिवेशन गराउने बताए ।उनले भने, ‘लामो समयदेखि नेपाल विद्यार्थी संघको अधिवेशन हुन सकेको छैन । मैले पाएको समय सीमाभन्दा एक दिनपनि बढी नेतृत्वमा बस्ने छैन ।’ लथालिङ भएको नेविसंघको संगठनलाई ट्र्याकमा ल्याएर समयमै अधिवेशन गराउने शेर्पाले बताए । &lsquo