कांग्रेस उम्मेदवार जिताउन नेविसंघ सभापति दुजाङ शेर्पा झापा ओर्लिए

काठमाडौं, १६ कार्तिक । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा पार्टीका उम्मेदवार जिताउनको लागि चुनावी मैदानमा खटिएका छन् । पार्टीको नीतिअनुसार शेर्पा पार्टी र गठबन्धनका उम्मेदवार जिताउनको लागि फिल्डमा खटिएका हुन् । शेर्पा चुनावी अभियानको दौरान झापा ओर्लिएका छन् । पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्मालाई जिताउनको लागि फिल्डमा उत्रिएका हुन् । […]

सम्बन्धित सामग्री

नेपाल कमर्श क्याम्पसको नेविसंघको विवाद मिलाउन सभापति शेर्पा आँफै फिल्डमा

काठमाडौं, २३ माघ । नेपाल कमर्श क्याम्पसमा संगठनभित्र दुई समूह भनेर विवाद उत्पन्न भएपछि नेविसंघका सभापति दुजाङ शेर्पा विवाद मिलाउन क्याम्पस पुगेका छन् । दुई समूहबीच विवाद हुँदा क्याम्पस हातामा ढुंगामुढासमेत भएको समाचार आएका थिए । समाचार सार्वजनिक भएलगत्तै सभापति शेर्पा क्याम्पस पुगेका थिए । अहिले नेविसंघ स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रियामा […]

नेविसंघ र तरुण दललाई पूर्णता दिने कांग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दललाई पूर्णता दिने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा

नेविसंघ र तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ र तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी सुरु गरेको छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले नेविसंघ र तरुण दलका अध्यक्षलाई छलफलका लागि डाकेका थिए । देउवा निवास धुम्बाराहीमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङले पूर्ण […]

नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन

काठमाडौँ– नेपाली काँग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षले प्रदर्शन गरेको छ । नियुक्तिप्रति असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताले आज काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरुअघि उनीहरू प्रदर्शन गरेका थिए । बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा […]

काँग्रेस बैठकअघि सानेपामा विरोध प्रदर्शन

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले काँग्रेस केन्द्रीय समिति बैठक स्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन् । ‘सभापतिज्यूले एकलौटी […]

काँग्रेस बैठकअघि सानेपामा विरोध प्रदर्शन

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन् ।‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गर्नुभएको छ । यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ पूर्व केन्द्रीय सदस्य प

नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दललाई नेतृत्व प्रदान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दल अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेका हुन् । केन्द्रीय तदर्थ समितिको रूप दिइएको यो नेतृत्वले तीनै तहको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्रमा नेविसंघ र तरुण […] The post नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेविसंघ र तरुण दलले पाए नयाँ नेतृत्व

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले नयाँ नेतृत्व पाएका छन् । काँग्रेस  सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको सभापतिमा नयाँ नियुक्त गरेका हुन् ।काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले नेविसंघको सभापतिमा काठमाडौंका दुजाङ शेर्पा र  तरुण दलको सभापतिमा पर्वतका विद्धान गुरुङलाई नियुक्त गरेका हुन् । काँग्रेसका सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको न

सभापति देउवाद्वारा नेविसंघ र तरुण दलका अध्यक्ष नियुक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अध्यक्ष नियुक्त गरेका छन्। लामो समयदेखि अधिवेशन हुन नसकेका भातृ संस्थाको नेतृत्वलाई बिदाइ गरेर देउवाले तदर्थ कार्यसमिति गठन गरेका हुन्। नेविसंघको अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा नियुक्त भएका छन् भने तरुण दलको अध्यक्षमा पवर्ततका विद्वान गुरुङ रहेका छन्। उनीहरू दुवै जनालाई […]