काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र नेपाल तरुण दल केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्त गर्नुभएको छ ।
देउवाले नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान् गुरुङलाई नियुक्त गर्नुभएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएकाे फागुन ३ गतेको बैठकको निर्णयअनुसार पार्टीको विधान बमोजिम दुवै भ्रातृ संस्थाको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा ...