नेपाल पत्रकार महासंघले विक्रम संवत् २०७८ साल नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन नसकेको महासंघको भनाइ छ ।महासंघका महासचिव रोशन पुरीले बिहीबार जारी गरेको विज्ञप्तिमा २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का ७४ वटा घटना अभिलेखीकरण भएको उल्लेख गरिएको छ । ‘पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुर्व्यवहार