गृह मन्त्रालयका अभिव्यक्ति स्वतन्त्रता विरोधी विज्ञप्ति सच्याउन पत्रकार महासंघको माग

काठमाडौँ- गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी जारी गरेका दुईवटा विज्ञप्ति सच्याउन नेपाल पत्रकार महासंघले मंगलबार माग गरेको छ। गृह मन्त्रालयले भदौ १८ गते र २० गते बेग्लाबेग्लै विज्ञप्ति जारी गरी नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने खालका चेतावनीहरु दिएको थियो। पत्रकार महासंघले मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नागरिकको स्वतन्त्रतापूर्वक भेला […]

सम्बन्धित सामग्री

‘अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने कानुन अस्वीकार्य’

काठमाडौं । नेपाल पत्रकार महासंघ, डिजिटल तथा अनलाइन विभागको आयोजना र अनलाइन टिभी पत्रकार संघ, नेपालको सहकार्यमा ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ माथि सरोकारवालासँग समीक्षा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सरकारले कानुन निर्माण गर्दा सरोकारवालासँगको सुझावसहित निर्माण गर्ने विगतको अभ्यासलाई बेवास्ता गर्दै नियमावली ल्याएको बताउनुभयो । उहाँले निर्माणका […]

आम नागरिकप्रति उत्तरदायी भएर समाचार सम्प्रेषण गरौं : पोखरेल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुले आम नागरिकप्रति उत्तरदायी भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको मिडियामा  समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि नीतिगत छलफल तथा उत्तरदायी पत्रकारिता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले सो कुरा बताएका हुन् ।पोखरेलले हाल नेपाली पत्रकारिता क्षेत्रमा भित्रिएको विकृतिका कारण पत्रकारहरुलाई नै समस्या पर्ने गरेकोले आम नागरिकप्रति उत्तरदायी भएर पत

पत्रकार महासंघको निर्वाचनमा प्रगतिशीलसहित ११ संगठनबीच गठबन्धन

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच गठबन्धन बनेको छ । शुक्रबार ११ संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठनबन्धन गर्ने निर्णय भएको जनाएका छन् । गठबन्धनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल,प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज रहेका छन् । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् । बैठकपछि जारी विज्ञप्तिमा मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विद्येयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिएको छ। यस्तै, विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने हर्कप्रति आपत्ति समेत जनाइएको छ । ११ संगठनको साझा विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने प्रतिबद्धता समेत जनाइएको छ।