नेपालीमा एउटा उखान छ, ‘जसको शक्ति उसकै भक्ति । लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार निर्माण गर्न यस्तै हुने अवस्था देखिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट लुम्बिनी प्रदेशसभामा कुनै पार्टी तथा गठबन्धनको बहुमत नपुग्ने लक्षण देखिएपछि यस्तो अवस्था आएको हो । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणामले सत्ता गठबन्धन र एमाले कसैको पनि सरकार बनाउन बहुमत पुग्ने देखिँदैन । यस्तो अवस्थामा जसले नेतृत्व लिएर बहुमत जुटाउन र अरु दललाई विश्वासमा लिन सक्यो उसकै नेतृत्वमा सरकार बन्न सक्ने देखिन्छ ।प्रत्यक्