लुम्बिनी प्रदेशसभामा सत्ता गठबन्धन बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३ सय ९४ मत रहेको छ भने एमालेको मत ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भएपनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने भएको भएको हो । काँग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरुमा यति