संघीय सरकार निर्माणमा भएको पछिल्लो सहमति अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन लुम्बिनी प्रदेशमा पनि सहज हुने भएको छ । कुल ८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन कम्तीमा ४४ सांसद आवश्यक पर्छन् ।लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । उसका २९ सांसद छन् भने दोस्रो ठुलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३ राप्रपा ४ नागरिक उन्मुक्ति ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना छन् ।यसरी साना दलले पनि समर