लुम्बिनी प्रदेशमा एमालेका सांसद पाण्डेयले दिए राजीनामा

लुम्बिनी। नेकपा एमालेका लुम्बिनी प्रदेशसभाका एक जना सांसदले आज सभामुखसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा कपिलवस्तु २(क)बाट निर्वाचित दूगनारायण पाण्डेय रहेको सचिवालय सचिव दुर्लभकुमार पुन मागरले जानकारी दिए। केहीबेर अघि शंकर पोखरेललाई बहुमत दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा पुनः नियुक्त गरिएको थियो।

सम्बन्धित सामग्री

कमजोर एकताले समस्यामा जसपा

गत वैशाख १९ मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश सभामा ६ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित भयो । चार सांसद सरकारमा सहभागी हुँदै मन्त्री बने, दुई सांसद मुख्यमन्त्रीको विपक्षमा उभिए । पार्टीले गरेको ह्वीप उल्लंघन गरेको भन्दै सरकारलाई समर्थन गरेका चार सांसदलाई पार्टी लुम्बिनी प्रदेश समितिले उनीहरुलाई कारबाही गर्यो । सर्वोच्चले उनीहरुलाई सांसद पदमै पुनर्बहाली गर्न अन्तरिम आदेश दियो । तर, अन्तिम फैसला हुन बाँकी छ । फलतः अहिले लुम्बिनी प्रदेशमा केन्

ओली नेतृत्वको केन्द्रीय र प्रदेश सरकारले प्रतिगमनलाई मद्दत गर्दैछ : जनमाेर्चा

लुम्बिनी प्रदेशमा  मुख्यमन्त्रीको राजीनामा र पुनः उनलाई मुख्यमन्त्रीमा नियुक्ति तथा सपथ ग्रहण गराइएको घटनाको बारेमा राष्ट्रिय जनमोर्चाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरुले अविश्वासको प्रस्ताव राखेका थिए । बैशाख १९ गते प्रदेश सभामा उक्त प्रस्तावमाथि छलफल गरी निर्णयार्थ पेश गर्ने कार्यक्रम थियो । लुम्बिनी प्रदेश सभामा कूल ८१ जना सांसद छन् । ४२ जना विपक्षी सांसदहरुको हस्ताक्षरसहित प्रस्तावित मुख्यमन्त्रीलाई नियुक्ति गर्न निवेदन दर्