एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो ।
कोरोना महामारीबीच अब कसरी अगाडि बढ्ने भन्ने कदम चाल्नका लागि यो चुनाव अत्यावश्यक भएको ट्रुडोको दाबी छ।