रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच गठबन्धन गरेर कार्यपालिका सदस्यको निर्वाचन भएको छ । जसमा गठबन्धनको प्यानलै विजयी भएको छ । एमाले–काँग्रेसको गठबन्धनपछि भएको कार्यपालिका चुनावबाट आठ जना उम्मेदवार विजयी भएका हुन् । निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना निर्वाचित भएका छन् ।कार्यपालिका सदस्यको जिम्मेवारी पाउने महिला सदस्यहरूमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खा