मंसिर ७ गते खेमराज अधिकारी भन्ने व्यक्तिले काठमाडौं महानगरपालिका–१३ बाफल गाईबाच्छापाटीमा आफ्नो साथीको हत्या भएको भन्दै प्रहरीलाई खबर गरे । सोही खबरअनुसार पुगेको प्रहरीले घटनास्थलमा शव जलेको अवस्थामा फेला पार्यो । शरीर पूरै जलेकाले कसको शव हो भन्ने कसैले ठम्याउन सकेनन् ।
खेमराजले भने आफ्नो साथी ताहाचलका सुशील शर्मा (३३) त्यहाँ बस्ने भएकाले उनलाई कसैले जलाएको हुन सक्ने भनेर प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले खेमराजलाई त्यो दिन सोधपुछ गर्यो । अर्को दिन फेरि प्रहरीले अनुसन्धानका लागि उनलाई ...