जिम्बाब्बेमा दश जना किसानको जलेर मृत्यु

जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा मङ्गलबार आगलागी हुँदा १० जना किसानको जलेर मृत्यु भएको छ। आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर ज्यान गएको थियो।...

सम्बन्धित सामग्री

आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु

दैलेख : दैलेखको भैरवी गाउँपालिका–४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु भएको छ। बिकले शनिबार साँझ आफ्नै घरमा आगो लगाउँदा उनको जलेर मृत्यु भएको दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए। नरेशले शनिबार साँझ साढे ७ बजेतिर आफ्नै कच्ची घरमा आगो लगाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति साढे ११ बजेतिर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मजदुरीका लागि भारत काम गर्न गएका नरेशकी छोरीले केही महिनाअघि आत्महत्या गरेक

पाँचथरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

मिक्लाजुङ । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउने टारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १:३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु […] The post पाँचथरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आगो ताप्ने क्रममा सर्लाहीमा एक महिलाको जलेर मृत्यु

सर्लाहीमा एक महिलाको जलेर मृत्यु भएको छ। अत्यधिक जाडो भएपछि आगो ताप्ने क्रममा सर्लाहीको हरिवन नगरपालिका ३ की ५५ बर्सिया गोरीमाया रखालको मृत्यु भएको हो।...

भक्तपुरमा ८४ वर्षका वृद्धको जलेर मृत्यु

काठमाडौं: भक्तपुरमा ८४ वर्षका वृद्धको जलेर मृत्यु भएको छ।शनिबार बिहान चाँगुनारायण नगरपालिका २ दुवाकोट फोकसिङटारका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।उनका अनुसार तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि माथिको भाग जलिसकेको अवस्थामा वृद्धको शव भेटिएको हो। शिल्पकार हिँड्डुल गर्न नसक्ने भएकाले भुइँतलामा एक्ले बस्थे। उनका छोरा बुहारी माथिल्लो तलामा बस्ने गरेका प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल&nbs

आगो ताप्ने क्रममा जलेर मृत्यु

पाल्पा, २६ फागुन । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दा माथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । कुमालको यही फागुन ८ गते घरमा […]

ट्रक र बस ठोक्किँदा आगलागी : दुई चालकसहित तीन जनाको जलेर मृत्यु

सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा आगलागी भएपछि तीन जनाको जलेर मृत्यु भएको छ ।

पराल ओढेर सुतेका दिदीबहिनीको जलेर मृत्यु

वीरगञ्ज – सर्लाहीमा जाडोबाट बच्नको लागि घरमा पराल ओढेर सुतेका दिदीबहिनीको जलेर मृत्यु भएको छ। जिल्लाको कबिलासी नगरपालिका– ७ निवासी जोगी महरा चमारकी ३ वर्षीया छोरी सुगन्धी महरा र ८ वर्षीया छोरी लक्ष्मी महराको जलेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले चमारकी अर्की छोरी ५ वर्षीया सुधा […]

आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।  जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिब १० बजे आगलागी भएको थियो । आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको अधिकारीले बताए । उनीहरुको घटनास्थल

आगलागीमा परी चार बालबालिकासहित ७ जनाको जलेर मृत्यु

अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ । –सिन्ह्वा

दाङमा आगो ताप्दा बालिकाको जलेर मृत्यु

दाङ, ७ बैशाख । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा […]