विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड महामारी अझै केही समय रहने र ओमिक्रोन भेरिएन्ट पनि जोखिमपूर्ण भएको मंगलवार बताएका छन् ।
‘महामारी अहिल्यै अन्त्य हुँदैन,’ टेड्रोस एधानोम गेब्रेयेसुसले सञ्चारकर्मीहरूलाई बताए ।
अहिले संसारभरि द्रुत गतिमा फैलिरहेको ओमिक्रोन भेरिएन्टका विषयमा पनि टेड्रोसले चेतावनी जारी गरे ।
ओमिक्रोन पहिलेका भेरिएन्टभन्दा बढी संक्रामक छ र तर यसले गम्भीर रोग लगाएको छैन ।
त्यो देखेर कतिपयले महामारी अब अन्त्य हुन लागेको बहस समेत गरेका छन् । अब खतरा सकिएको उनीह...