विश्वमा ७८ करोड मानिस भोकमरीको चपेटामा, १४ करोड बढी बालबालिकामा कुपोषण

काठमाडौं : संयुक्त राष्ट्र संघले विश्वमा झण्डै ७८ करोड मानिस भोकमरीको समस्यामा रहेको जनाएको छ।खाद्य तथा कृषि संगठन एफए, अन्तर्राष्ट्रिय कृषि विकास कोष आईएफएडी, संयुक्त राष्ट्र बाल कोष, युनिसेफ, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ तथा विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले संयुक्त रुपमा जारी गरेको एक रिपोर्टअनुसार सन् २०२२ मा कुल ६९ करोड देखि ७८ करोड मानिसले भोकमरीसँग लड्नु परेको छ।सन् २०१९ यता मात्रै थप १२ करोड २० लाख मानिस भोकमरीको चपेटामा परेका छन्। सन् २०२२ मा कोभिड महामारी तथा प्राकृतिक विपत्तिका