ट्राफिक प्रहरीले जाँचमा नयाँ प्रविधि प्रयोगमा ल्याएपछि कारबाही र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । मधेश प्रदेशमा विगतमा जाँचमा प्रयोग गरिएको ‘हैण्डहेड राडर गन’भन्दा पछि प्रयोगमा ल्याइएको ‘सिसी टिभी बिथ राडर गन’ प्रविधिले कारबाहीमा सहजता र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको हो । यो कार्यालयले मधेश प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्ग सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ