नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले सम्बन्ध थप उचाइमा : राजदूत शर्मा
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले पछिल्ला दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले गरेका भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको बताएका छन् ।
नयाँ दिल्ली, २ कार्तिक ।भारतका लागि नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले नेपाल र भारतबीचको सम्बन्धको आधार दुई देशका जनाताबीचको सुदृढ सम्बन्ध भएको बताएका छन् । हिजो (मङ्गलबार) दिपावलीका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध कहिल्यै नटुट्ने बताए । भारत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन तथा दुवै देशका […]
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा सुधार आएको बताएका छन् । दुबै देशका प्रधानमन्त्रीले एकअर्काे देशमा भ्रमण गरेपछि विभिन्न तहमा छलफलको वातावरण पनि बनेको बताए ।
काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय सेनामा गोर्खा भर्तीसम्बन्धी नयाँ योजनाबारे नेपाल थप स्पष्ट हुन चाहेको बताएका छन्। भारतीय टेलिभिजन डब्लुआइओएनलाई दिएको अन्तर्वार्तामा राजदूत शर्माले गोर्खा भर्तीका सम्बन्धमा सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिले हालको अग्निपथ स्कीमलाई नसमेट्ने भएकाले नेपाल सरकारले यस सम्बन्धमा थप स्पष्ट हुन चाहेकाले तत्कालका लागि भर्ती स्थगन […]
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा भएको राजदूत शर्मा बताए ।गृहमन्त्री शाहसँग भेटेर कुरा गर्न पाउँदा खुसी लागेको राजदूत शर्माको प्रतिक्रिया छ । शर्माले असारमा भारतीय सेना प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गरेका थिए । यस्तै राजदूत शर्माले साउनमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका थिए । पछिल्लो समय राजदूत शर्माले भारतीय पक्षको भेट
काठमाडौँ– भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । सोमबार नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालय पुगेर राजदूत शर्माले भेट गृहमन्त्री शाहसँग गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको बताइएको छ । साथै भारत सरकारको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगति र नेपाल–भारत मामिलाका विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ […]
काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्। राजदूत शर्माले सोमबार गृहमन्त्री शाहसँग भेट गरेका हुन्। भारतको गृह मन्त्रालयले ट्वीट गरेर गृहमन्त्री शाह र राजदूत शर्माबीच भेट भएको जानकारी गराएको छ। भेटमा के विषयमा कुराकानी भयो भन्नेबारे भने केही खुलाइएको छैन। भारत में नेपाल के राजदूत, डॉ. […]
नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका वस्तुहरूको अन्तर्राष्ट्रिय प्रवद्र्घनमा सघाउने प्रतिबद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरूलाई भारतमा प्रवद्र्घन गर्ने उनले बताए ।नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा आफूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन […]
चैत १३, काठमाडौं । भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय प्रवर्द्धनमा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले स्थानीयस्तरमा उत्पादित वस्तुलाई भारतमा प्रवर्द्धन गर्नेगरी आवश्यक पहल गर्ने बताए ।
लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्नसक्ने भन्दै उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताए ।
नेपालसँग भारतको र भारतसँग नेपालको सम्बन्ध एकदमै प्रगाढ रहेको भन्दै उले व्यापारको क्षेत्रपनि दुई मुलुकमा उच्च रहेको बताए । ‘चाँही व्यापारको कुरा गरौ, आयात निर्यातकै पनि कुरा गरौं । झण्डै कुल व्यापारमा दुई तिहाई भारतमै हुने गरेको छ’ उनले भने, ‘निर्यातमा पनि सोयाबिन तेल, पाम तेलले गर्दा झण्डै ७५ प्रतिशत भारतमा हुने गरेको छ ।’
महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले अन्तराष्ट्रियस्तरमा नेपालको इकोनोमिक डिप्लोमेसी अहिलेसम्म दूतावासको भित्तामा नेपाली वस्तुमा टुङ्गिने गरेको भन्दै भारतमा पनि त्यस्तै रहेको बताए ।
महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले सरकारको आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा जोड दिए ।
यस्ता उत्पादनहरुको निर्यात प्रवद्र्धनका लागि राजदूत शर्माले आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा गरिएको सिंहको भनाई थियो ।
काठमाडौं, २० मंसिर : भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् । संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास […]