गोर्खा भर्तीबारे नेपाल थप स्पष्ट हुन खोजेको हो: राजदूत शर्मा

काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय सेनामा गोर्खा भर्तीसम्बन्धी नयाँ योजनाबारे नेपाल थप स्पष्ट हुन चाहेको बताएका छन्। भारतीय टेलिभिजन डब्लुआइओएनलाई दिएको अन्तर्वार्तामा राजदूत शर्माले गोर्खा भर्तीका सम्बन्धमा सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिले हालको अग्निपथ स्कीमलाई नसमेट्ने भएकाले नेपाल सरकारले यस सम्बन्धमा थप स्पष्ट हुन चाहेकाले तत्कालका लागि भर्ती स्थगन […]

सम्बन्धित सामग्री

राजदूत शर्मा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । बिहीबार नयाँ दिल्लीमा भएको भेटवार्तामा राजदूत शर्माले चौथाइवालेसँग भेटवार्ता गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले आफ्नो कार्यकालमा भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुने पनि बताएका छन् ।

नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले सम्बन्ध थप उचाइमा : राजदूत शर्मा

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले पछिल्ला दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले गरेका भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको बताएका छन् ।