काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सरकारले तोकेको समयमा निर्वाचन गराउन सक्ने दाबी गरेका छन्। सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनको आन्तरिक तयारी थालिसकेको बताएका हुन्। ‘सरकारबाट निर्वाचनको मिति घोषणा गरेको आकस्मिक होइन। नियमित प्रक्रिया हो। आयोगको परामर्श बमोजिम प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेपछि हामी आन्तरिक तयारीमा जुटिसकेका छौँ’ उनले भने, ‘आगामी मंसिर