मंसिर ४ का लागि चुनावको मिति तोकिए आश्चर्य नमान्दा हुन्छ : दिनेश थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मन्त्रिपरिषद्को बैठकमा मंसिर ४ गते निर्वाचनको मिति घोषणा हुने बताएका छन्। आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारलाई  एकै चरणमा निर्वाचन गर्नेगरी सिफारिस गरिसकेको बताए। ‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्नका लागि आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी मिति सिफारिस गरिसकेको छ।’ उनले भने, ‘आयोगको परामर्शमा सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो मन्त्रिपरिषद् बैठकबाट मंस

सम्बन्धित सामग्री

निर्वाचन प्रतिवेदन बुझाएसँगै सातै प्रदेशमा नयाँ सरकार गठनको ढोका खुल्यो

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले बुझाएसँगै सरकार गठन प्रक्रिया अघि बढेको छ। आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाएपछि प्रदेश सरकार गठन प्रक्रिया अघि बढेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुन शमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बागमती, आयुक्त ईश्वरीप्रसाद पौडेल गण्डकी, आयुक्त रामप्रसाद […]

प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष रुपमा भएको छः दिनेश थपलिया

मोरङ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष भएको र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। विराटनगरमा प्रदेश १ प्रमुख परशुराम खापुंगलाई मतपरिणाम प्रतिवेदन बुझाउन शनिबार आएका आयुक्त थपलियाले आयोगले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको हुँदा कुनै क्षेत्रमा पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताए। […]

कहीँ पनि पुनः मतदान र पुनः मतगणना हुदैन : दिनेश थपलिया

२ पुस, विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको […]

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो चुनावको प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री शेबहादुर देउवालाई चुनावको प्रतिवेदन बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहित आयुक्तको टोलीले देउवालाई प्रतिवेदन बुझाएको हो।  आयोगले बुधवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गरेको थियो। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम बुधवार मात्रै सार्वजिनक भएको थियो।  आयुक्तहरुसँगको भेटमा…

आगामी निर्वाचनमा उम्मेदवारको खर्चको सीमा फरक गर्ने तयारी – दिनेश थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले उम्मेदवारले गर्ने खर्चको सीमा फरक फरक गर्ने तयारी गरेको बताएका छन् ।

तोकिएकै मितिमा चुनाव गराउन प्रतिवद्ध छौं, तयारी थालिसक्यौँ : दिनेश थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सरकारले तोकेको समयमा निर्वाचन गराउन सक्ने दाबी गरेका छन्। सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनको आन्तरिक तयारी थालिसकेको बताएका हुन्। ‘सरकारबाट  निर्वाचनको मिति घोषणा गरेको आकस्मिक होइन। नियमित प्रक्रिया हो। आयोगको परामर्श बमोजिम प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेपछि हामी आन्तरिक तयारीमा जुटिसकेका छौँ’ उनले भने, ‘आगामी मंसिर