हिमा गाउँपालिका–६ पातरखोलाका ३० वर्षीय सूर्यबहादुर अधिकारीको जन्मेदेखि दुइटै खुट्टा चल्दैनन् । घुँडा र हातको सहायताले उनी धेरैजसो काम ह्विलचेयरमा बसेर गरिरहेका हुन्छन् । गाउँपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख रहेका अधिकारीको सक्रियता र लगाव देख्दा सहपाठी र सेवाग्राही चकित पर्छन् ।