अर्थमन्त्री वर्षमान पुनले लघुवित्तका समस्या पहिचान गरी समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा शुक्रबार सात सदस्यीय समितिमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् ।