काठमाडौं : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरेको छ।प्रधानमन्त्री कार्यालयका बरिष्ठ सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा सरकारले आठ सदस्यीय कार्यदल गठन गरेको हो। सरकारले आन्दोलनरत पक्षसँग वार्ता र छलफल गरी समस्या समाधानका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्न अर्यालको संयोजकत्वमा कार्यदल गठन गठन गरेको छ।कार्यदलका सदस्यसचिव एवं प्रधानमन्त्री कार्यालयका सहसचिव शङ्कर नेपालले कार्यदलले शुक्रबारबाट नै काम थालेको जानकारी दिए।