कास्की – पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठकले विभिन्न निर्णय गरेको छ । कार्यपालिका बैठकले ल्यान्डफिलसाइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । पोखरा १५ मा रहेको ल्यान्डफिलसाइट नसार्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन ।
पोखरामा एक वर्षभित्रमा विभिन्न ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने र यसरी शौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न सङ्घ–सस्था र रेस्टुरेन्टका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दि...