पोखरा– पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले हाल सञ्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा-३३ भरतपोखरीमा सार्ने निर्णय गरेको छ । अहिले पोखरा-१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ । त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरतपोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने जनाएको हो । […]