एनएसएल : ललितपुरसँग बुटवल लुम्बिनी पराजित

काठमाडौं :  नेपाल सुपर लिगमा ललितपुरले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटबल लुम्बिनीलाई २-० ले हराएको हो।पहिलो हाफमै ललितपुरले दुई गोलको अग्रता बनाएको थियो। खेलको २६ औं मिनेटमा पापा इबोउ केबेले पोस्टको दायाँ साइडबाट गरेको क्रसमा दिनेश हेन्जनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए। यससँगै अग्रता बनाएको ललितपुका लागि अर्को गोल कप्तान अनन्त तामाङले गरे। यससँगै ३१ औं मिनेटमै बुटबल लुम्बिनी दुई गोलले पछि परिससकेको थियो। लुबिनीका केबेले खेलको ३४ औं

सम्बन्धित सामग्री

एनएसएल एलिमिनेटरमा ललितपुर र बुटवल लुम्बिनी भिड्दै

२९ वैशाख, काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बुधबार एलिमेनटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो हुँदै प्लेअफमा छनोट भएको थियो । बुधबारको खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ र फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा […]

बुटवल लुम्बिनी अन्तिम चारमा, धनगढी १-० ले पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १-० ले पराजित गरेको छ। बुटवल लुम्बिनीको जितमा सुमन लामाले ८०औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै बुटवलले आफ्नो अन्तिम चारमा पुगेको छ। लिगमा आठ अंक जोडेको बुटवल तेस्रो स्थानमा उक्लिएको छ। लिगको शिर्ष स्थानमा रहेको धनगढीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

धनगढी र बुटवल लुम्बिनी पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। लिगको शीर्ष स्थानमा रहेको धनगढीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। बुटवललाई भने प्लेअफमा स्थान बनाउन जित निकाल्नै पर्ने दबाब रहेको छ।

एनएसएल: ललितपुरको पहिलो जित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरले बुटवलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। जारी प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो। जितसँगै ललितपुरले प्लेअफमा पुग्ने आशा जिवितै राखेको छ। ललितपुरको जितमा नुर्लान…

ललितपुरको पहिलो जीत, बुटवल लुम्बिनी १-० ले पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीलाई ललितपुर एफसीले १-० ले पराजित गरेको छ। लिगमा ललितपुरको यो पहिलो जीत हो। ललितपुरका नोभ्रुजुभ जाहिदले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। लिगमा ललितपुर अंकतालिकाको चौथो स्थानमा र बुटवल लुम्बिनी पाचौं स्थानमा छ।

अभिषेकले बुटवलबाट एनएसएल खेल्ने

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । बुटवलले अभिषेकलाई विदेशी खेलाडीको स्थानमा टिममा राखेको हो । बुटवलका महाप्रबन्धक राजुकाजी शाक्यले अभिषेकले बुटवलबाट खेल्ने पुष्टि गरे । ‘हामीले उनलाई विदेशी खेलाडी अर्मान्डको स्थानमा टिममा राखेका हौं,’ शाक्यले अनलाइनखबरसँग भने । एनएसएल अघि […]

काठमाडौंद्वारा बुटवल लुम्बिनी १-० ले पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गरेको छ। काठमाडौंका लागि स्टेफन बनिङ्ले पाँचौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। लिगका चारमध्ये दुईमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको काठमाडौं सात अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगमा पाँच अंक रहेको बुटवल लुम्बिनी अंकतालिकाको चौथो स्थानमा छ।

एनएसएलमा आज काठमाडौं र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। लिगका तीनमध्ये एकमा विजयी र दुईमा बराबरी खेलेको बुटवल लुम्बिनी अंक तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै लिगका तीन खेलमध्ये एकमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको काठमाडौं अंक तालिकाको पाँचौं स्थानमा छ।

एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चौंथो चरणको अन्तिम एक खेल हुँदैछ। आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।  ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ। जारी प्रतियोगिताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीन मध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो।४ अंकमा तालिकाको पाँचौं स्

बराबरीमा रोकिए विराटनगर र बुटवल लुम्बिनी

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा विराटनगर र बुटवल लुम्बिनी २-२ को बराबरीमा रोकिएका हुन्। ओमोलाजा करिमको गोलमा खेलको छैटौं मिनेटमै बुटवल लुम्बिनीले अग्रता बनाएको थियो। तर ४२ औं मिनेटमा विराटनगरका…