काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। लिगको शीर्ष स्थानमा रहेको धनगढीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। बुटवललाई भने प्लेअफमा स्थान बनाउन जित निकाल्नै पर्ने दबाब रहेको छ।