काठमाण्डौमा चार सय घर डुबानमा, भक्तपुरबाट बङ्गुर र हाँसको समेत उद्धार

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा बिहानपख परेको ठूलो पानीका कारण चार सय घर डुबानमा परेका छन् । तीन सय जनाको उद्धार गरिएको छ । भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको समेत उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । काठमाण्डौमा ३ सय ८५, भक्तपुरमा १२ र ललितपुरमा चार वटा घर डुबानमा परेका हुन् । यस्तै काठमाण्डौबाट २ सय ३२, भक्तपुरबाट ५४ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा ...

सम्बन्धित सामग्री

मनोहरा खोलाको वितण्डा : सुकुम्वासी बस्ती डुबानमा

काठमाडौँ- मंगलबार राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ । मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको हो । सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, कुखुरा र बङ्गुर बगाएको स्थानीयले जनाएका छन् । […]