मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसाधन र बाढी तथा डुबानमा परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरु सहयोग गरेको छ । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरी कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाइकलसहितका सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी बाढी डुबानमा परेकाहरुको उद्धारका लागि मोटर बोट र जेनरल बोट, टेन्ट र त्रिपालसहितका सामग्री प्रदान गरिएको छ । प्रदेशका गृह तथा सञ्चारमन्त्री भारत साहले मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी मकसुद आल