दोदा नदीको बाढीबाट डुबानमा परेका कञ्चनपुरको पुर्नवास नगरपालिका–५ सिमरीका परिवारलाई सशस्त्र प्रहरीले आज उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।
सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार डुबानमा परेका १०४ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।
सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानसँगै नेपाल रेडक्रसका स्वयंसेवकहरूले डुबानमा परेका परिवारलाई उद्धार गर्नमा सघाएका छन् । चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा गएराति पानी बस्तीमा पसेपछि सि...