काठमाण्डाै – सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत विजयी हुनुभएकाे छ । उहाँ १८ हजार ६३ मतान्तरले विजयी हुनुभयाे ।
राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गर्नुभयाे । यस्तै लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गर्नुभयाे ।
पृथकतावादी आन्दाेलन छाडेर पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरेका सीके राउत मधेस अभियन्ता र अध्ययनको हिसाबले इन्जिनियरसमेत ह...