सप्तरी २ मा जनमत पार्टीले ‘क्लीन स्वीप’ गरेको छ । सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको हो । बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जयप्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए । यस्तै प्रदेशतर्फ क्षेत्