कृषि क्षेत्रमा प्रविधि बढाउन जरुरत

चेन्नई मेरो जन्मभूमि हो । नेपाल आएको झण्डै २० वर्ष भयो । कृषि, उत्पादनमूलक, आतिथ्य, निर्माण लगायतका व्यवसायमा आवद्ध छु । ५ वर्षअघि कृषिमा आवद्ध हुँदा नेपालमा सम्भावना भएका धेरै क्षेत्र देखेँ । अझै पनि नेपाली वस्तुहरु निर्यात पर्याप्त हुन सकेको छैन । हाम्रा कृषक, साना उद्यमीलाई बजारको अभाव छ । ज्ञान, सूचनाको अभाव छ । त्यसैले हामीले मेड इन नेपालको सुरुवात गर्‍यौं । जिल्लामा रहेका किसान, साना उद्यमीसँग सहकार्य गर्न थाल्यौं । बजारसम्म किसानको पहुँच पुर्‍याउन उनीहरुसँग हातेमालो गर्‍यौं ।

सम्बन्धित सामग्री

२८ हजारले अवलोकन गरे ‘छैटौं नेपाल एग्रोटेक’

कृषि क्षेत्रमा प्रविधि भित्र्याउने उद्देश्यले आयोजना गरिएको छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला समापन भएको छ।...

कृषि र पशुपक्षी क्षेत्रमा ‘स्टार्ट अप’ : रूपान्तरणको आधार

नयाँ–नयाँ प्रविधि तथा आविष्कारले खाद्य उत्पादनमा वृद्धि, किसानको जीवनस्तरमा सुधार र कृषि तथा पशुपक्षी उद्योगको समग्र विकासमा योगदान पुर्‍याउन सक्छन् स्टोर्ट–अप भनेको त्यस्तो युवा कम्पनी हो, जसले एउटा विशिष्ट उत्पादन वा...

‘सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन’

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको विकासमा सामान्य सुधारले नपुग्ने बताएकी छन् । त्यसका लागि आफूहरू निरन्तर लागिरहेकाले क्रमश: नतीजा पनि आउन थालेको उनको भनाइ छ । प्रविधि पत्रकार मञ्चको कार्यसमितिसँग मन्त्रालयमा मंगलवार भएको छलफलमा उनले सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानूनी र संरचनागत सुधारका लागि गृहकार्य गरिरहेको बताइन् । ‘एकातिर सूचना प्रविधि आज हरेक मानिसको जीवनशैली बन्दैछ भने अर्कोतिर नेपालमै बसेर नेपालीले संसारसँग प्रतिस्पर्धा गर्ने आधार बन्दै छ,’ मन्त्री शर्माले भनिन्, ‘यो अवसरलाई बढीभन्दा बढी उपयोग गर्न नीतिगत र संरचनागत रूपमै परिवर्तन आवश्यक देखिएको छ ।’ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानूनी र संरचनागत सुधारका लागि गृहकार्य गरिरहेको बताइन् । नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै मन्त्री शर्माले यसैको आधारमा अहिले कानूनको मस्यौदा तयार भइरहेको जानकारी दिइन् । डिजिटल नेपाल फ्रेमवर्क बनेको चार वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएकाले त्यसको एउटा अंग डिजिटल नेपाल एक्सेलेरेसन (डिएनए) प्रोजेक्टको पुन:संरचना अन्तिम चरणमा पुर्‍याइएको उनले बताइन् । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले डिजिटल पूर्वाधार निर्माण गर्न सक्ने भए पनि बाँकी शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, वित्त, शहरी विकासलगायत क्षेत्रसँग पनि जोडिएकाले सबै पक्षसँग समन्वय आवश्यक रहेको उनले बताइन् । सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता र आधारभूत आवश्यकताको रूपमा ग्रहण गरे पनि सबै सरकारी निकायको बुझाइमा एकरूपता नहुँदा समस्या हुने गरको उनको भनाइ छ । कार्यक्रममा प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेललगायत पदाधिकारी र सदस्यहरूले सूचना प्रविधिको विकासमा मन्त्री शर्माले अघि सारेको मार्गचित्रबाट सूचना प्रविधि क्षेत्रले धेरै सम्भावना देखेको बताए । सरकार वा मन्त्री फेरिए हराउने कार्यक्रमभन्दा नेतृत्वमा जो आए पनि कार्यान्वयन गर्न बाध्य बनाउने नीति, कानून र संरचना निर्माणमा जोड दिन उनीहरूले सुझाव दिएका थिए ।

कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन धुलिखेलमा तालिम

काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको थियो । सम्झौतामा जापानका विभिन्न १० कृषि उद्योग र होमकेयर कम्पनीमा धुलिखेलका […]

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज

धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका …

कृषि प्रविधि सिक्न नेपाली किसानलाई कोरिया पठाउने तयारी

कृषि क्षेत्रमा अत्याधुनिक प्रविधि प्रयोगको क्षेत्रमा अगाडि आउँदै गरेको कोरियामा कृषि कर्म सिक्ने अवसर नेपाली किसानले पनि पाउने भएका छन् ।विदेशमा सीप सिकेर नेपालमा उद्यमशिलता सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी)बीच सम्झौता भएको हो । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम […]

कृषि क्षेत्रमा प्रविधि भित्र्याउन ब्राजिल सकारात्मक

नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ ।कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको छ ।अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक समृद्धिका लागि काम […]

नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र स्थापना गर्न र नेपाली किसानलाई इजरायली वन र कृषि प्रविधि सिकाउनका लागि  इजरायलसँग सहयोगका लागि आग्रह गरे ।  उनले भने, “इजरायलले नेपालको कृषि क्षेत्रमा निकै उल्लेख्य सहयोग गरेको छ, अब वन विकासका क्षेत्रमा पनि सहयोग गर्न आग्रह गर्दछु ।” लामो...