‘सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन’

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको विकासमा सामान्य सुधारले नपुग्ने बताएकी छन् । त्यसका लागि आफूहरू निरन्तर लागिरहेकाले क्रमश: नतीजा पनि आउन थालेको उनको भनाइ छ । प्रविधि पत्रकार मञ्चको कार्यसमितिसँग मन्त्रालयमा मंगलवार भएको छलफलमा उनले सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानूनी र संरचनागत सुधारका लागि गृहकार्य गरिरहेको बताइन् । ‘एकातिर सूचना प्रविधि आज हरेक मानिसको जीवनशैली बन्दैछ भने अर्कोतिर नेपालमै बसेर नेपालीले संसारसँग प्रतिस्पर्धा गर्ने आधार बन्दै छ,’ मन्त्री शर्माले भनिन्, ‘यो अवसरलाई बढीभन्दा बढी उपयोग गर्न नीतिगत र संरचनागत रूपमै परिवर्तन आवश्यक देखिएको छ ।’ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानूनी र संरचनागत सुधारका लागि गृहकार्य गरिरहेको बताइन् । नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै मन्त्री शर्माले यसैको आधारमा अहिले कानूनको मस्यौदा तयार भइरहेको जानकारी दिइन् । डिजिटल नेपाल फ्रेमवर्क बनेको चार वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएकाले त्यसको एउटा अंग डिजिटल नेपाल एक्सेलेरेसन (डिएनए) प्रोजेक्टको पुन:संरचना अन्तिम चरणमा पुर्‍याइएको उनले बताइन् । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले डिजिटल पूर्वाधार निर्माण गर्न सक्ने भए पनि बाँकी शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, वित्त, शहरी विकासलगायत क्षेत्रसँग पनि जोडिएकाले सबै पक्षसँग समन्वय आवश्यक रहेको उनले बताइन् । सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता र आधारभूत आवश्यकताको रूपमा ग्रहण गरे पनि सबै सरकारी निकायको बुझाइमा एकरूपता नहुँदा समस्या हुने गरको उनको भनाइ छ । कार्यक्रममा प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेललगायत पदाधिकारी र सदस्यहरूले सूचना प्रविधिको विकासमा मन्त्री शर्माले अघि सारेको मार्गचित्रबाट सूचना प्रविधि क्षेत्रले धेरै सम्भावना देखेको बताए । सरकार वा मन्त्री फेरिए हराउने कार्यक्रमभन्दा नेतृत्वमा जो आए पनि कार्यान्वयन गर्न बाध्य बनाउने नीति, कानून र संरचना निर्माणमा जोड दिन उनीहरूले सुझाव दिएका थिए ।

सम्बन्धित सामग्री

६८ अर्बको सूचना प्रविधि सेवा निर्यात

नेपालका सूचना प्रविधि कम्पनीहरूले एक वर्षमा ५१ करोड ५४ लाख अमेरिकी डलरबराबरको सेवा निर्यात गरेका छन् । सोमबारको विनिमय दरअनुसार यो करिब ६७ अर्ब ९८ करोड रुपैयाँ हो । सन् २०२२ मा...

सूचना प्रविधि बन्नसक्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन्।...

हेटौँडामा बागमतीस्तरीय सूचना प्रविधि मेला हुने

बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशस्तरीय क्यान इन्फोटेक (सूचना प्रविधि) मेला हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ, मकवानपुरको आयोजनामा चैत २ देखि ६ गतेसम्म मेला हुने भएको हो । आयोजकले हेटौँडा उपमहानगरपालिका...

हेटौँडामा बागमतीस्तरीय सूचना प्रविधि मेला हुने

बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशस्तरीय क्यान इन्फो-टेक (सूचना प्रविधि) मेला हुने भएको छ । कम्प्युटर एसोसियशन नेपाल महासंघ, मकवानपुरको आयोजनामा २ देखि ६ चैतसम्म मेला हुने भएको हो । मंगलबार हेटौँडामा...

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने

काठमाण्डाै – नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ ।  लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा देशभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी तालिम र यसबारेमा जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी स...

केयूमा स्वास्थ्य सूचना प्रविधि अध्यापन हुने

काभ्रे : काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि (हेल्थ इन्फरम्याटिक्स) विषय अध्यापन गर्ने भएको छ।काभ्रेको धुलिखेलस्थित चौकोटमा रहेको केयूले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा स्वास्थ्य सूचना प्रविधि विषयमा अध्यापन सुरु गर्न लागेको हो। केयूले युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमअन्तर्गत नेप्लिज एजुकेशन इन इ–हेल्थ मास्टर (एनइइएम) परियोजनामार्फत ओस्लो युनिभर्सिटी, नर्वेसँग सहकार्य गर्नेगरी यो कार्यक्रम तय गरेको बताएको छ। यही

सूचना प्रविधि केन्द्रमा कर्मचारी माग

काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । राष्ट्रस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि […]

सूचना प्रविधि केन्द्रमा निर्देशकसहित कर्मचारीका लागि दरखास्त खुल्यो

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । राष्ट्रस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ ।केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा स्नाकोत्तर वा कम्युटर इन्जिनियरमा स्नाकोत्तर वा प्रमुख विषय कम्प्युटर विज्ञान लिएर स्नाकोत्तर गरेको हुनुपर्नेछ ।केन्द्रले

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अटोमेसन प्रणालीको सुरुवात

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अटोमेसन सिस्टम सुरू भएको छ ।  यसलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणाली अर्थात इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम पनि भनिन्छ । देशभरका सरकारी कार्यालयहरुलाई एउटै विद्युतीय प्रणालीमा जोड्ने उद्धेश्यका साथ यस प्रणालीको विकास गरिएको हो ।  महानिर्देशक प्रेमशरण श्रेष्ठले यसअघि नै सूचना प्रविधि विभागमा यो प्रणाली सुरु...

रुपाकोटमा प्रदेश गौरवको सूचना प्रविधि पार्क बन्ने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रूपमा पोखरा रुपाकोटमा सूचना प्रविधि पार्कको निर्माण गर्ने भएको छ । नेपाल सरकारबाट भोगाधिकार प्राप्त ३.६ हेक्टरमा फैलिएको जग्गामा सूचना प्रविधि पार्कको निर्माण गर्न लागिएको हो। उक्त स्थानलाई सूचना प्रविधि पार्कको अतिरिक्त स्वच्छ र हरित पार्कको रूपमा विकास गर्ने लक्ष्य गण्डकी प्रदेश सरकारले लिएको छ । सूचना […]