कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति मौलिक जरोकिलो पार्टीको आपत्ति

मौलिक जरोकिलो पार्टीले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी खुल्ला गर्ने सरकारको निर्णयको विरोध गर्दै किसानको समूहले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । किसानहरूसँग छलफल नगरी सरकारले कृषि जस्तो संवेदनशील क्षेत्रमा दीर्घकालीन असर गर्ने कार्य गर्नुले नेपाली किसानमाथि नियोजित प्रहार भएको जिकिर गर्दै प्रवक्ता लक्ष्मण पोखरेलले विज्ञप्ति जारी गरेका छन् । 'आवरणमा विदेशी पूँजी र प्रविधि भित्र्याएर नेपालको व्यापारघाटा कम गर्ने भनिएता पनि अन्तर्यमा नेपालको कृषि योग्य जमिन कब्जा गर्ने, नेपाली किसान विस्थापित हुने र खाद्यान्न उत्पाद...