काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्नु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषित गर्नु भएको हो ।
२०७६ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष विभूषित गरिने भनिए पनि कोरोनाका कारण रोकिएको थियो । आज २०७६ सालमा नै घोषणा गरिएकाहरुलाई विभूषित गरिएको हो ।
महाउज्ज्वल राष्ट्रदीप मानपदवीबाट साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन मन्त्री स्वर्गीय रविन्द्रप्रसाद अधिकारीलाई मरणोपरा...