बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न जानेहरुबाट सरकारले एक कराेड भन्दा धेरै रुपैयाँ राजश्व संकलन गरेको छ । डोल्पाका पाटन क्षेत्रमा यो वर्ष ७ हजार ४ सय जना यर्सा संकलन भित्रिएका छन् । उनीहरुबाट एक करोड २५ लाख ८७ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।