त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ६ महिनामा साढे १३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विमानस्थलको भन्सार कार्यालयबाट साउनदेखि पुस महिनासम्ममा १३ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन भएको हो ।विमानस्थल भन्सारले यस अवधिमा ११ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा १५.७ प्रतिशत बढी राजश्व संकलन गरेको हो । यस्तै, उक्त भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा जम्मा ८ अर्ब ४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।गत आर्थिक व