प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलियो-माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताएका छन् । सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताए । उनले ‘पार्टी हित विपरीत गतिविधि देखाएकाले’ प्रधानमन्त्रीलाई  कारवाही गरिएको स्पष्ट गरे ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं :  प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ। आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। गिरीको शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो। गिरीको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी क

प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायमै रहन्छ : माधवकुमार नेपाल

२५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताएका हुन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको […]

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताएका छन्  । नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्नेमा जोड दिए । मधेश यात्रामा निस्किएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गरे ।

प्रतिनिधिसभा विघटन जनताको हितमा छैन : दाहाल

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरे ।उनले भने, “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।” लामो […]

प्रचण्ड–नेपाल समूहको चेतावनी : ‘सभामुखले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्दै गए सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्ने चेतावनी दिएका छन् । निर्वाचन आयोग परिसरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने दिन आउन सक्ने बताए । ‘संवैधानिक परिषद्को बैठक बोलाए त्यो गैरसंवैधानिक हुन्छ, यसअघिको सिफारिस पनि सुनुवाइ नभइ नियुक्त गर्न मिल्दैन,’ पत्रकारले ...

पूर्वजनमुक्ति सेना नेपाल प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा

पूर्वजनमुक्ति सेना नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष थालेको छ । आइतबार माइतीघर मण्डलामा धर्ना दिएका पूर्वजनमुक्ति सेनाले २२ माघमा नेकपाको युवा ¥यालीमा सहभागी हुने र २३ देखि २७ माघसम्म आन्तरिक...

बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने जिकिर

सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संवैधानिक कानूनका जानकार, वरिष्ठ अधिवक्तालगायतले प्रतिनिधिसभाको विघटन संविधानको अक्षर र मर्मविपरीत रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानको कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने जिकिर गरे ।             सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलाल दासले प्रधानमन्त्रीले संविधानको जुन धाराको आधार टेकेर प्रतिनिधिसभा विघटनको सिफारिश गर्न...