नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्दै गए सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्ने चेतावनी दिएका छन् ।
निर्वाचन आयोग परिसरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने दिन आउन सक्ने बताए ।
‘संवैधानिक परिषद्को बैठक बोलाए त्यो गैरसंवैधानिक हुन्छ, यसअघिको सिफारिस पनि सुनुवाइ नभइ नियुक्त गर्न मिल्दैन,’ पत्रकारले ...