सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संवैधानिक कानूनका जानकार, वरिष्ठ अधिवक्तालगायतले प्रतिनिधिसभाको विघटन संविधानको अक्षर र मर्मविपरीत रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानको कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने जिकिर गरे ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलाल दासले प्रधानमन्त्रीले संविधानको जुन धाराको आधार टेकेर प्रतिनिधिसभा विघटनको सिफारिश गर्न...