संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले गौचरणमा परिणत भएका एयरपोर्टहरुमा छिट्टै नै जहाज पुग्ने बताएका छन् । विभिन्न कार्यक्रममा खोटाङ आएका किरातीले जिल्ला समन्वय समिति खोटाङद्वारा बिहीबार बिहान आयोजित कार्यत्रममा जहाज अभावका कारण देशभरका २२ वटा एयरपोर्ट गौचरणमा परिणत भएको र ती एयरपोर्टमा छिट्टै जहाज खरिद गरेर सञ्चालन गरिने बताए ।