१० वर्षदेखि करारमा रहेका जनशक्तिलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयप्रति ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। उनीहरूले आज विज्ञप्ति जारी गर्दै युवाहरूले पनि प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गरेका हुन्।विज्ञप्ति निकाल्नेमा माओवादी निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह,एकीकृत समाजवादी निकट अनेरास्ववियू महासचिव आरती लामा,जसपा निकट समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल अध्यक्ष,नेकपा निकट अखि