त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने विषयमा गरेको निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् । बिहीबार बसेको संयु्रक्त विद्यार्थी संगठनको बैठकले अन्तरिक प्रतिस्पर्धाका नाममा गरिने यो प्रक्रियाले विश्वविद्यालयका गुणस्तर खस्किने भन्दै यस्तो माग गरेको हो ।