काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले आज साेमवार आफ्नो पदबाट राजीनामा दिनुभएकाे छ ।
प्रवक्ताबाट राजीनामा दिनुभएका किरण राईले विभिन्न पक्षबाट भइरहेका गतिविधि बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेस गर्नुभएकाे छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादकाे छानबिनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने विषयमा असहमत भएका प्रवक्ता कि...